साउदीमा नेपालीलाई मृत्युदण्ड
काठमाडौं । मृत्यदण्डको सजाय पाएर १५ वर्षदेखि जेलजीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई क्षमादान दिन नेपाल सरकारले बारम्बार गरेको आग्रहलाई अस्वीकार गरी साउदी अरब सरकारले मृत्युदण्डको सजाय कार्यान्वयन गरेको छ ।
साउदीले दाहालको शवलाई अन्तिम संस्कार गर्न नेपाल नपठाइ परिवारको सहमतिबिनै दफन गरिदिएको छ ।
मृत्युदण्ड कार्यान्वयन गरेको ४८ घण्टापछि मात्रै नेपाली दूतावासलाई सूचना दिइएको हो ।
रियादस्थित नेपाली दूतावासका अनुसार जुबेलस्थित अबुहद्रिय जेल प्रशासनले कात्तिक ६ गते बसाहा–७, बैंकडाँडा उदयपुरका दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो ।
साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले दूतावासलाई जानकारी नदिई मृत्युदण्डको सजाय कार्यान्वयनमा आएको बताए ।
‘यो हाम्रा लागि निकै दुर्भाग्यपूर्ण हो । माफी पाइन्छ भन्नेमा ढुक्क थियौं तर एक्कासि मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको खबरले आश्चर्यचकित बनाइदियो,’ उनले भने ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया