मनाङमा तीन राजनीतिक दलबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

मनाङ । हिमाली जिल्ला मनाङमा तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने भएको छ । विसंं २०७४ को निर्वाचनमा भने यहाँ दुई दलबीच प्रतिस्पर्धा भएको थियो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा हुने भएको छ ।
दुई मुख्य दलले पुरानै अनुहारलाई जनतामाझ ल्याएको छ भने मनाङका लागि राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ हो । पार्टी नै नयाँ हुँदा मनाङवासीले साथ दिन्छन् वा दिँदैनन् भन्ने हेर्न चुनाव नै कुर्नु पर्नेछ ।
कांग्रेसका टेकबहादुर गुरुङ, एमालेका पाल्देन छोपाङ गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । अहिले चुनावी प्रचारप्रसारमा उम्मेदवार व्यस्त छन् ।
कांग्रेस उम्मेदवारले विगतदेखि नै मनाङलाई सडक सञ्जालसँग जोड्न जोड दिँदै आएको छ । मनाङका लागि कांग्रेस पुरानो पार्टीका रुपमा चिनिन्छ ।
गत निर्वाचनमा मनाङमा एमाले विजयी भएको थियो । प्रदेशसभा ‘क’ तर्फ कांग्रेसका मुनिन्द्रजङ्ग गुरुङ, एमालेका राजन गुरुङ र राप्रपाका मिफेल धिन्दु लामा प्रतिस्पर्धामा छन् । प्रदेशसभा ‘ख’तर्फ राजीव गुरुङ निर्विरोध भइसकेका छन् ।
गत निर्वाचनमा कूल पाँच हजार आठ सय ८१ मध्ये चार हजार तीन सय ३८ मत खसेको थियो । दुई सय ८१ मतान्तरले एमाले विजयी भएको थियो । गत स्थानीय तह निर्वाचनमा मनाङका तीन पालिकामा कांग्रेस तथा एउटामा एमाले विजयी भएको थियो ।
प्रतिनिधिसभा र प्रदेशसभामा जित निकाल्ने उद्देश्यसहित सत्ता साझेदार कांग्रेसले नेकपा (माओवादी केन्द्र) सँग गठबन्धन कायम गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा मनाङमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ महिला गरी कूल छ हजार सात सय ७९ मतदाता छन् ।
ताजा अपडेट
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
प्रतिक्रिया