यी निर्वाचन क्षेत्र जहाँ महिला उम्मेदवार छैनन्
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ६१ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार छैनन् ।
निर्वाचन आयोगले प्रकाशन गरेको तथ्यांकअनुसार एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ६१ वटामा महिला उम्मेदवार नभएकोे पाइएको हो । महिला उम्मेदवार नहुने सबैभन्दा धेरै निर्वाचन क्षेत्र मधेश प्रदेशका जिल्ला अन्तर्गत पर्छन् । उक्त प्रदेशका १५ वटा जिल्लामा महिला उम्मेदवार छैनन् ।
त्यस्तै, सुदूरमश्चिम प्रदेशका दशवटा जिल्लामा महिला उम्मेदवार छैनन् भने कर्णालीका आठ जिल्लामा महिला उम्मेदवारको संख्या शून्य छ । प्रदेश १ का सात जिल्ला, लुम्बिनी प्रदशेका ६ र गण्डकी प्रदेशका पाँच जिल्लामा महिला उम्मेदवारको उपस्थिती छैन ।
देशभर निर्वाचनका लागि कुल दुई हजार ४ सय १२ पुरूष उम्मेदवार हुँदा महिला उम्मेदवारको संख्या दुई सय २५ मात्रै छ ।
हेर्नुहोसु सूची

संसदभित्रै महिला/पुरुषबीच विभेद छ, यसलाई समावेशी नबनाएसम्म विकास हुँदैन
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया