ट्रायल सेन्टरमा अख्तियारको निगरानी

काठमाडौं । कमिशनको अखडा बन्दै गएको सवारी चालक अनुमतिपत्रका लागि ट्रायल सेन्टरमा अख्तियारले निगरानी बढाएको छ ।
ट्रायल सेन्टरमा प्रवेश गर्नुअघि कमिशन सुनिश्चित नभए अनावश्यक कारण देखाएर ट्रायल फेल गराउने र कमिशनका लागि बाध्य पार्ने गरेको गुनासो परेको थियो ।
यातायात कार्यालयमा हुने भ्रष्टाचार न्यूनिकरणका लागि आयोगले ट्रायल सेन्टर र केही यातायात कार्यालयमा विशेष टोली परिचालन गरेको हो ।
२०७९ साउन २४, २५ र २९ गते अख्तियारले नेपाल सरकारका सचिव र विभागिय प्रमुखहरुसँग छलफल गरेको थियो । उक्त छलफलमा समेत अख्तियारले यी क्षेत्रमा हुने भ्रष्टाचारजन्य गतिविधिबारे सचेत गराएको थियो ।
ती कार्यालयहरुमा सुशासन कायम राख्न कार्यालय प्रमुखले ध्यान दिनुपर्ने भन्दै सचेत गराएको थियो । राष्ट्रिय अनुसन्धान विभागको समेत सहयोगमा अख्तियारले यातायात कार्यालय र ट्रायल सेन्टरमाथिको निगरानी बढाएको अख्तियार स्रोतले जनाएको छ ।
यस्तै अख्तियारले भौतिक पूर्वाधार मन्त्रालयलाई परिपत्र गर्दै ट्रायल सेन्टरको मापदण्ड विभिन्न प्रदेशमा फरकफरक रहेकाले एकरुपता कायम गर्न समेत भनेको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया