कसरी गर्ने हातखुट्टाको हेरचाह ?

काठमाडौं । प्राय: हामी सबै हातखुट्टाको सरसफाइमा खासै ध्यान दिदैनौं । अनुहारको हेरचाह गर्न जति व्यक्ति उत्सुक हुुन्छन् हातखुट्टा हेरचाहमा हुँदैन्न ।
तर व्यक्तिकाे सौन्दरयता अनुहारमा मात्र नभई उसको हातखुट्टाले पनि उत्तिकै बढाउने गर्छ । हरेक व्यक्ति अनुहार सुन्दर बनाउने उपायमा जुटछन् र हातखुट्टा सफाईमा व्यवस्ता गर्छन् । व्यक्तिको अनुहार जति सफा हुन्छ त्यतिनै हातखुट्टा पनि हुन जरुरी हुन्छ ।
। सामान्यतया व्यक्ति दिनभर बाहिर हुन्छ ।
जसले गर्दा हातखुट्टामा धुलो, माटो र फोहर लाग्ने गर्छ । यीनै धुलो, माटो र फोहरले हातखुट्टा फुटने समस्या निम्ताउँछ र हातखुट्टामा चमक हराउँछ । हातखुट्टाको सरसफाइ केबल पानी र साबुले मात्र हुँदैन् । यसले तपाईको फोहर हातखुट्टा सफा बनाए पनि त्यसमा नरमता ल्याउँदैन् । त्यसैले हरेक व्यक्तिले हप्तामा हातखुट्टाको उचित सफाइ गर्नु पर्छ ।
कसरी गर्ने हातखुट्टाको सफाइ ?
यसको लागि एउटा भाँडोमा मनतातो पानी लिनुहोस् र त्यसमा एक चम्चा नुन, कागतीको रस र स्याम्पु मिसाउनुहोस् उक्त मिश्रणलाई राम्रोसँग घोल्नुहोस् । अब यो पानीमा खुट्टा तथा हात १० देखि १५ मिनेटसम्म डुबाएर राख्नुहोस् । १०,१५ मिनेटपछि पानीबाट निकालेर सफा पानीले पखाल्नुहोस् र मोइस्चराइजर क्रिम लगाउनुहोस् । यसले तपाईको हात तथा खुट्टा नरम तथा सफा बनाउँछ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया