सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौं । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले शुक्रबार पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले बताए ।
दुबै पक्षको आज भएको छुनछेक बहस सकिएपछि अदालतले सन्दीपलाई पुर्पक्षमा पठाउन आदेश दिएको हाे । सन्दीपकाे तर्फबाट शम्भु थापालगायतले बहस गरेका थिए । लामिछाने विरुद्ध कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा दायर भएको थियो ।
मुलुकी फौजदारी अपराधसंहितामा १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेकाले सोहीबमोजिम सन्दिपलाई १२ वर्षसम्मको कैद सजाय मागदाबीसहित अदालतमा मुद्दा दायर भएको थियो ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया