सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले शुक्रबार पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले बताए ।
दुबै पक्षको आज भएको छुनछेक बहस सकिएपछि अदालतले सन्दीपलाई पुर्पक्षमा पठाउन आदेश दिएको हाे । सन्दीपकाे तर्फबाट शम्भु थापालगायतले बहस गरेका थिए । लामिछाने विरुद्ध कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा दायर भएको थियो ।
मुलुकी फौजदारी अपराधसंहितामा १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेकाले सोहीबमोजिम सन्दिपलाई १२ वर्षसम्मको कैद सजाय मागदाबीसहित अदालतमा मुद्दा दायर भएको थियो ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
प्रतिक्रिया