चार हजार रूपैयाँ घुस नपाए पसल सञ्चालन गर्न नदिने प्रहरी अख्तियारको फन्दामा
काठमाडौं । पसल सञ्चालकसँग चार हजार रूपैयाँ घुस मागेर दुःख दिने प्रहरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।
धनुषास्थित नगराइन नगरपालिका २ जटहीस्थित पसलका सञ्चालकसँग घुस माग्ने प्रहरी नायव निरीक्षक देवकी लाल चौधरी रंगेहात पक्राउ परेका हुन् ।
उनले उक्त पसल सञ्चालनका लागि मासिक रूपमा ती सञ्चालकसँग रकम माग गर्दै आएका थिए ।
पसल सञ्चालकलाई चार हजार रूपैयाँ नदिए पसल सञ्चालन गर्न नदिने धम्की दिएका चौधरीलाई रकम लिइसकेको अवस्थामा आयोगले पक्राउ गरेको हो ।
हाल उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया