सन्दीप प्रकरण : कसरी अघि बढ्दैछ अबको अदालती प्रक्रिया ?
काठमाडौं । किशोरीमाथि बलात्कार गरेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले शुक्रबार क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पपक्षका लागि थुनामा पठाएको छ । सन्दीपको जेलयात्रा अब अदालतबाट आउने आगामी फैसलामा भर पर्नेछ ।
सन्दीप प्रकरणमा उनीपक्षीय वकिलहरूले पीडित भनिएकी किशोरीको उमेरबारे बढी जोड गरेका छन् । किशोरी १८ वर्ष पार भइसकेको र उनले जन्मदर्ता सच्याएर घटनापछि नागरिकता बनाएको उनीहरूको तर्क छ । जसलाई उनीहरूले सन्दीपको प्रतिरक्षा निम्ति बलियो हतियारका रूपमा प्रयोग गरिरहेका छन् । उनीहरूले यसबारे दाबी मात्रै गरेका छैनन्, प्रमाणसमेत नत्थी गरेर अदालतमा बुझाएका छन् ।
नेपालको कानूनमा १८ वर्ष उमेर नपुगेकी किशोरी तथा बालबालिकालाई उनीहरूको मञ्जुरीमै शारीरिक सम्पर्क राखे पनि बलात्कार मानिने प्रावधान छ । सन्दीपले बलात्कार गरेको प्रमाण अहिलेसम्म फेला परेको छैन । मात्रै पीडितले आफू बलात्कृत भएको एकोहोरो दाबी गरिरहेकी छन् । अदालतले दाबीका आधारमा फैसला सुनाउन मिल्दैन, प्रमाण खोज्छ । बलात्कार पुष्टि हुने आधार फेला नपरेकाले पीडित नाबालिक नरहेको पुष्टि गरेर सन्दीप निर्दोष सावित गराउने ध्याउन्नमा उनको कानून व्यवसायी छन् ।
अदालतले पीडित भनिएकी युवतीको दुई वटा जन्मदर्ता रहेको विषयमा पनि सुनुवाइ गर्ने भएको छ । त्यसैले पीडितको उमेरबारे अभिलेख मगाउन आदेश दिइएको छ ।
अदालतले पीडितको जन्मदर्ताको अभिलेख किताबसहितको सक्कल प्रति र पीडितको नागरिकता प्रमाणपत्र बनाउँदा भरेको अनुसूची फारमसहितको प्रतिलिपि सम्बन्धित कार्यालयबाट झिकाउन आदेश गरेको हो ।
अदालतले जाहेरवाला, पीडित, अनुसन्धानका क्रममा बुझिएका मानिसहरू, पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई सरकारी वकिल कार्यालयमार्फत तथा प्रतिवादीका साक्षीहरूलाई ७ मंसिरमा बसकपत्रका लागि उपस्थित गराउनसमेत आदेश दिएको छ ।
बकपत्र र अदालतले मागेका विवरण उपलब्ध भएपछि यस मुद्दा सुनुवाइका लागि अघि बढ्नेछ । जिल्ला अदालतको विवरणअनुसार सामान्यतया मुद्दा फैसला हुन करिब एक वर्ष लाग्नेछ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया