‘सांसद गलत काममा मुछिए फिर्ता’
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानविन समिति गठन गर्नुपर्ने बताएका छन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ५ विशालनगरमा बुद्धिजीवी तथा पेशागत समूहले आज आयोजना गरेको ‘बृहत् अन्तरक्रिया तथा साक्षात्कार’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेता पौडेलले पाँच वर्षका लागि निर्वाचित सांसद गलत काममा मुछियो भने फिर्ता बोलाउन पाउने व्यवस्था हुनुपर्ने बताए ।
उनले निर्वाचन जितेको एक वर्षभित्र जनताको समस्या समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । एक वर्षभित्र बाटोघाटो, खानेपानी, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने उनको भनाइ छ ।
उनले काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का जनताको समस्या थाहा पाउन ‘सांसद एप’ निर्माण गर्ने बताए । “सांसद एपमार्फत् समस्या छिटो थाहा हुने भएकाले तत्काल समाधान गर्न सकिन्छ”, उनले भने ।
पौडेलले सांसद विकास कोषको पैसालाई कहाँ लगानी गर्ने भन्नेबारे नागरिक अगुवा समिति निर्माण गर्ने उनको भनाइ छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया