इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा पुग्दा, सुपर १२ बाटै बाहिरियो आयोजक अष्ट्रेलिया
काठमाडौं । आयोजक अष्ट्रेलियालाई पछि पार्दै इंग्ल्याण्ड टी २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंकालाई ४ विकेटले हराएर इंग्ल्याण्डले सात अंक बनाएपछि अष्ट्रेलियालाई पछि पार्दै सेमिफाइनमा पुगेको हो ।
१४२ रनको न्यून लक्ष्य इंग्ल्याण्डले अन्तिम २ बल बाँकी हुँदै ६ विकेट गुमाएर पूरा गरेको हो । सुरुवात सानदार गरे पनि लगातार विकेट गुमाएपछि श्रीलंकाले खेलमा फर्किने देखाए पनि जित्न सकेन ।
दुवै टोलीको समान सातसात अंक भए पनि रनरेटका आधारमा इंग्ल्याण्डले अष्ट्रेलियालाई पछि पारेको हो ।
पाँच खेलबाट सात अंक भए पनि अष्ट्रेलिया अभागी हुन पुग्याे ।
सुपर १२ को समूह एबाट न्युजिल्याण्ड र इंग्ल्याण्ड र सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया