NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा पुग्दा, सुपर १२ बाटै बाहिरियो आयोजक अष्ट्रेलिया

काठमाडौं । आयोजक अष्ट्रेलियालाई पछि पार्दै इंग्ल्याण्ड टी २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंकालाई ४ विकेटले हराएर इंग्ल्याण्डले सात अंक बनाएपछि अष्ट्रेलियालाई पछि पार्दै सेमिफाइनमा पुगेको हो ।

१४२ रनको न्यून लक्ष्य इंग्ल्याण्डले अन्तिम २ बल बाँकी हुँदै ६ विकेट गुमाएर पूरा गरेको हो । सुरुवात सानदार गरे पनि लगातार विकेट गुमाएपछि श्रीलंकाले खेलमा फर्किने देखाए पनि जित्न सकेन ।

दुवै टोलीको समान सातसात अंक भए पनि रनरेटका आधारमा इंग्ल्याण्डले अष्ट्रेलियालाई पछि पारेको हो ।

पाँच खेलबाट सात अंक भए पनि अष्ट्रेलिया अभागी हुन पुग्याे ।

सुपर १२ को समूह एबाट न्युजिल्याण्ड र इंग्ल्याण्ड र सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष