बिदाइ खेलमा भक्कानिए पिके (तस्बिरहरू)
काठमाडौं । स्पेनिस ला लिगा फुटबलको शनिबार राति सम्पन्न बार्सिलोना र अल्मेरियाबीचको खेल अन्यभन्दा पृथक थियो । किनभने, यो गेम लिजेण्ड डिफेन्डर जेरार्ड पिकेको अन्तिम थियो ।
ऐतिहासिक यो अन्तिम खेलमा बार्सिलोनाले सहज जित हात पा–यो । बार्सिलोना अल्मेरियामाथि २–० गोल अन्तरले हाबी भयो ।
आफ्नो बिदाइ खेलमा पिकेले ८४ मिनेट मैदानमा बिताए । बार्सिलोनाका लागि डेम्बेले र फ्रान्की डी जोङले एक/एक गोल गरे ।
खेलपछि उनको सम्मानस्वरूप स्ट्याण्डिङ ओभेसन दिइएको थियो ।
आफ्नो बिदाइमा पिके निकै भावुक बनेका थिए । उनी त्यसक्रममा भक्कानिएर रुन पुगेका थिए । जुन दृश्यले स्टेडियममा केहीबेर सन्नाटा नै छाएको थियो ।
बिदाई खेलपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूलाई बार्सिलोनाले जन्माएको र यही मर्ने बताए । ‘म बार्सिलोनामा जन्मिएँ । यहीँ मर्नेछु,’ उनले भने ।
स्पेनिस राष्ट्रिय टोलीमा भरपर्दा डिफेन्डर रहेका पिकेले हालै खेल जीवनबाट सन्यास लिने घोषणा गरेका थिए । सन् २०१० को फिफा विश्वकप र सन् २०१२ को युरोपियन च्याम्पियनसिपको उपाधि हात पार्न उनको पफमेन्सले काम गरेको थियो ।
सन् २०१८ मा पिकेले राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए । उनले स्पेनबाट १०२ खेलमा सहभागिता जनाउँदै पाँच गोल गरेका छन् ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया