NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

बिदाइ खेलमा भक्कानिए पिके (तस्बिरहरू)

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको शनिबार राति सम्पन्न बार्सिलोना र अल्मेरियाबीचको खेल अन्यभन्दा पृथक थियो । किनभने, यो गेम लिजेण्ड डिफेन्डर जेरार्ड पिकेको अन्तिम थियो ।

ऐतिहासिक यो अन्तिम खेलमा बार्सिलोनाले सहज जित हात पा–यो । बार्सिलोना अल्मेरियामाथि २–० गोल अन्तरले हाबी भयो ।

आफ्नो बिदाइ खेलमा पिकेले ८४ मिनेट मैदानमा बिताए । बार्सिलोनाका लागि डेम्बेले र फ्रान्की डी जोङले एक/एक गोल गरे ।

खेलपछि उनको सम्मानस्वरूप स्ट्याण्डिङ ओभेसन दिइएको थियो ।

आफ्नो बिदाइमा पिके निकै भावुक बनेका थिए । उनी त्यसक्रममा भक्कानिएर रुन पुगेका थिए । जुन दृश्यले स्टेडियममा केहीबेर सन्नाटा नै छाएको थियो ।

बिदाई खेलपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूलाई बार्सिलोनाले जन्माएको र यही मर्ने बताए । ‘म बार्सिलोनामा जन्मिएँ । यहीँ मर्नेछु,’ उनले भने ।

स्पेनिस राष्ट्रिय टोलीमा भरपर्दा डिफेन्डर रहेका पिकेले हालै खेल जीवनबाट सन्यास लिने घोषणा गरेका थिए । सन् २०१० को फिफा विश्वकप र सन् २०१२ को युरोपियन च्याम्पियनसिपको उपाधि हात पार्न उनको पफमेन्सले काम गरेको थियो ।

सन् २०१८ मा पिकेले राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए । उनले स्पेनबाट १०२ खेलमा सहभागिता जनाउँदै पाँच गोल गरेका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष