पिकेको बिदाइ खेलमा बार्सिलोनाको सहज जित
काठमाडौं । स्पेनिस ला लिगा फुटबलको शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले अल्मेरियामाथि सहज जित हात पारेको छ ।
लिजेण्ड डिफेन्डर जेरार्ड पिकेको अन्तिम बिदाइ गेमसमेत रहेको यो खेलमा बार्सिलोनाले २–० को जित हात पार्यो ।
बार्सिलोनाका लागि डेम्बे र फ्रान्की डी जोङले समान एक÷एक गोल गरे ।
योसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । उसले १३ खेलमा ३४ अंक बटुलेको छ ।
आफ्नो बिदाइ खेलमा पिकेले ८४ मिनेट मैदानमा बिताएका थिए । खेल सम्पन्न भएपछि उनको सम्मानमा स्ट्यान्डिङ ओभिएसन दिइएको थियो ।
बिदाइका क्रममा निकै भावक बनेका पिके सम्हालिन सकेनन् र रुन पुगे ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया