केरुङ्गे खोलाको समस्या समाधान गर्ने डा. कोइरालाको प्रतिबद्धता

मध्यविन्दु । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले केरुङ्गे खोलाको समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका वडा नम्बर ४ र ५ जोड्ने केरुङ्गे खोलामा वर्षेनी आउने बाढीका कारण स्थानीयवासीले दुःख पाउँदै आएका छन् ।
नवलपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कोइरालाले केरुङ्गे खोलाको अनुगमन गरी समस्या समाधान गर्ने आश्वासन दिएका हुन् । खोलाको दुबै छेउमा पाँच/पाँच सय मिटरको ड्याम बाध्नुपर्नेमा ५० मिटर मात्रै छेकबार लगाइएको छ ।
स्थानीय रमिला भुजेलले खोलामा ड्याम नहुँदा बर्खामा बाढीले धनजनको क्षति हुनुका साथै स्थानीयवासी डर र त्रासमा बस्नुपर्ने बाध्यता रहेको बताइन् ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया