भारतले दियो जिम्बाब्वेलाई १८७ रनको लक्ष्य
काठमाडौं । टी २० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को अन्तिम खेलमा भारतले जिम्बाब्बेलाई जितका लागि १८७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
भारतका लागि सूर्यकुमार यादव र केएल राहुलले अर्धशतकीय पारी खेले । यादवले अविजित २५ बलमा ६१ रन बनाए । राहुलले ३५ बलमा ५१ रन बनाए ।
विराट कोहलीले २६ र हार्दिक पाण्ड्याले १८ रन बनाए । भारतले अन्तिम पाँच ओभरमा मात्रै ७९ र बनाएको थियो ।
२० ओभरमा भारतले ५ विकेट गुमाउँदै १८६ रनको उच्च योगफल तयार गरिसकेको छ । भारतका सेमिफाइनल पुगिसकेको छ । तर सेमिफाइनलमा कुन देशसँग भिड्ने भन्ने टुंगो यही खेलले लगाउनेछ ।
भारतले जिते सेमिफाइनमा इंग्ल्याण्ड प्रतिद्वन्द्वी पाउँनेछ । पराजित भए न्युजिल्याण्डढसँग भारतले खेल्नेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया