भारतले दियो जिम्बाब्वेलाई १८७ रनको लक्ष्य
काठमाडौं । टी २० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को अन्तिम खेलमा भारतले जिम्बाब्बेलाई जितका लागि १८७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
भारतका लागि सूर्यकुमार यादव र केएल राहुलले अर्धशतकीय पारी खेले । यादवले अविजित २५ बलमा ६१ रन बनाए । राहुलले ३५ बलमा ५१ रन बनाए ।
विराट कोहलीले २६ र हार्दिक पाण्ड्याले १८ रन बनाए । भारतले अन्तिम पाँच ओभरमा मात्रै ७९ र बनाएको थियो ।
२० ओभरमा भारतले ५ विकेट गुमाउँदै १८६ रनको उच्च योगफल तयार गरिसकेको छ । भारतका सेमिफाइनल पुगिसकेको छ । तर सेमिफाइनलमा कुन देशसँग भिड्ने भन्ने टुंगो यही खेलले लगाउनेछ ।
भारतले जिते सेमिफाइनमा इंग्ल्याण्ड प्रतिद्वन्द्वी पाउँनेछ । पराजित भए न्युजिल्याण्डढसँग भारतले खेल्नेछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया