प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल, भेन्टीलेटरमा राखेर उपचार हुँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जुटिल बनेको छ ।
केही समयअघिमात्र १५ दिन अस्पताल बसेर डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनलाई शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।
अहिले भेन्टिलेटरमा राखेर दाहालको उपचार भइरहेको प्रचण्डका सचिवालयले जानकारी दिएका छन् । उनको स्वास्थ्यस्थिति बुझ्नको लागि छोरीहरू रेनु, गंगा, प्रचण्डका स्वकीय सचिव रमेश मल्ल लगायत अस्पताल गएका छन् ।
प्रचण्डको सचिवालयको अनुसार दाहालको अवस्था निकै जटिल छ । उनको अक्सिजन लेबल निकै कम रहेको छ । खाना खान समस्या भएपछि स्लाइनको माध्यमबाट दिएको छ । लामो समयदेखि चिकित्सकको निगरानीमा रहेका दाहालको अवस्था दिनप्रतिदिन खस्किँदै गइरहेको थियो ।
सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । दाहालको उपचारका अमेरिका, सिंगापुर, थाइल्याण्ड, भारत लगिएपनि रोगमा कुनै सुधार नआएपछि उनलाई घरमै चिकित्सकको निगरानीमा राखिएकाे थियाे ।
२०७४ मंसिरमा एक मात्र छोरा प्रकाशको मृत्युभएपछि सीता विछिप्त भएकी थिइन् । प्रचण्ड चुनावी सभाका लागि आफ्नै निर्वाचन क्षेत्र गोरखामा रहेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया