यी उम्मेदवार जो भोट भाग्न डिल्लीबजार कारागार पुगे
काठमाडौं । चुनावी माहोल सुरु भएपछि डिल्लीबजार कारागारमा मतदाता तथा रेशम चौधरीलाई भेट्न जानेको संख्या बढी छ । जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी, एमालेका झपड रावल, एकीकृत समाजवादीका प्रेम आले, लोसपाका महन्थ ठाकुर, कांग्रेसका सञ्जय गौतम, नेसपाका डा. बाबुराम भट्टराई, एमालेकी शान्ता चौधरी, कांग्रेसका नागेन्द्र चौधरीलगायत डिल्लीबजार कारागार पुगेका छन् ।
यसबाहेक थुप्रै नेता–कार्यकर्ता कारागार आउने गरेको कारागारका जेलर पुरीले बताए । ‘को–को आए र को–को गए ? रेकर्ड त राखेका छैनौँ । तर, चुनाव लागेसँगै शीर्ष नेता पनि कारागारमा आउनुभएको छ,’ उनले भने । डिल्लीबजार कारागारमा कमल ज्ञवाली, इच्छाराज तामाङ, रेशम चौधरी, केशव श्रेष्ठलगायत कैदी नाम चलेका व्यक्ति छन् ।
कारागार व्यवस्थापन विभागका अनुसार देशभरका कारागारमा कैदी संख्या १४ हजार ६ सय ७८ र थुनुवा १२ हजार पाँच सय १७ छन् । यसमध्ये एक हजार दुई सय ८९ जना विदेशी छन् । देशभरका कारागारमा रहेका कैदीमध्ये १० प्रतिशतको मात्रै मतदाता नामावलीमा नाम समावेश रहेको हुन सक्ने विभागको आकलन छ ।
विभागका महानिर्देशक चक्रपाणि पाण्डेका अनुसार मतदाता नामावली दर्ता गर्न पाउनेबारे निर्वाचन आयोगले टुंगो नलगाउँदा धेरै कैदीबन्दीले मतदान गर्न नपाएका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया