संक्रमितसँगै निको हुनेको दर पनि बढ्दो, १९ हजार परीक्षण गर्दा ६ हजारमा संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो केही सायतायता कोरोना संक्रमितको संख्यामा बृद्धि मात्र होइन निको हुनेको दर पनि बढेको छ । शुक्रबार देशभरमा ६ हजार ८ सय २७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
यसको तुलनामा करिब एक हजारले कम अर्थात ५ हजार ४३२ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा १९ हजार ८६९ जनाको परीक्षण गर्दा ६ हजार ८ सय २७ जना कोरोनाका संक्रमित थपिएका हुन् ।
यस्तै, शुक्रबार देशभरमा १० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । बिहीबार भने १५ जनाको मृत्यु भएको थियो । अहिले देशभरमा सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ रहेको छ ।
एक सातायताको दर हेर्दा निको हुनेको संख्या र मृतकको संख्यामा पनि बृद्धि भइरहेको छ । यस्तै, पछिल्लो २४ घण्टाकै अवधिमा १२ लाख २८ हजार ५६३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १६:५२:००
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया