रूसद्धारा युक्रेनका दुई सहरमा अस्थायी युद्ध विराम घोषणा
मस्को । युक्रेनका दुई सहरमा रुसले शनिबार अस्थायी युद्ध विरामको घोषणा गरेको छ ।
रुसको रक्षा मन्त्रालयले मारीओपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्ध विराम घोषणा गरिएको जनाएको हो ।
ती सहरमा रहेकालाई सहर छोडेर जाने मौका दिनका लागि अस्थायी युद्ध विराम गरिएको मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
रक्षा मन्त्रालयले युद्ध विराम घोषणा गरेसँगै रुसी सेनाले ती सहरमा सबै कारबाही रोकेको अधिकारीहरूले जनाएका छन् ।
युक्रेनलाई आफ्नो नियन्त्रणमा लिनका लागि आक्रमण गरिरहेको रुसले धेरै मानवीय क्षति हुन नदिनका लागि यस्तो रणनीति लिएको देखिएको छ ।
“आज मार्च ५ तारिखको बिहान १० बजेदेखि युद्ध विराम लागु हुने छ, ती सहरमा रहेकाहरूलाई सहर छोड्न अनुरोध गर्दछौँ, मानवीय क्षति कम होस भन्ने उद्देश्यले अस्थायी युद्ध विराम गरिएको हो,” मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
रुसी सेनाले गत फेब्रअरी २४ देखि युक्रेनमा कारबाही सुरु गरेको हो । अहिलेसम्म ठूलो जनधनको क्षति भइसकेको छ भने विश्वभरबाट रुसको आलोचना भएको छ ।
मारीओपोल सहरका मेयर भादिम बोयचेन्कोले रुसी सेनाद्वारा सहर नै बन्धक बनाइएकाले मानवीय सहायताको आवश्यकता रहेको भन्दै अपिल गरेपछि रुसले अस्थायी युद्ध विराम घोषणा गरेको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया