नुवाकोटमा दुई अस्थायी मतदान केन्द्र स्थापना गरिने
नुवाकोट । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा दुई अस्थायी मतदान केन्द्र स्थापना गरिने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय नुवाकोटका निर्वाचन अधिकारी जयप्रसाद गौतमका अनुसार जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना गर्न लागिएको हो ।
अस्थायी मतदातामा सूचीकृत भएका मतदाताहरुले प्रतिनिधिसभाका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् । कैदीबन्दीका लागि जिल्ला कारागारमा र सुरक्षाकर्मी तथा अन्य कर्मचारीका लागि जिल्ला प्रहरी कार्यालयमा मतदानको व्यवस्था मिलाइने गौतमले जानकारी दिनुभयो ।
त्यस्तै निर्वाचन क्षेत्र नं १ मा अवस्थित निर्वाचन अधिकृतको कार्यालयमा कार्यरत कर्मचारीहरुले अमरज्योति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्न पाउनेछन् । साथै, ककनी गाउँपालिका(२ को वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट सशस्त्र प्रहरी बल तालिम केन्द्रका प्रशिक्षार्थीहरुले मतदान गर्ने व्यवस्था मिलाइने छ ।
नुवाकोटमा एक हजार सात सय २२ जना अस्थायी मतदाता छन् । जिल्लामा एक सय ३२ मतदानस्थलमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीले खटिएकै मतदानस्थलबाट प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया