विदेशबाटै सिंहदरबारमा बम हान्ने धम्की !
काठमाडौं । नेपालमै त ताल तालका धुन्धुकारी पात्र देखिएकै थिए, हुँदा–हुँदा जर्मनको राजधानीमा बर्लिनमा समेत सिंहदरबारमा बम हान्छु भन्दै राजदूतलाई धम्क्याउने मान्छे फेला परेका छन् ।
‘भुटानी मूल’ को शरणार्थी सुविधा उपभोग गर्दै युरोप छिरेका एक नेपालीले आफूलाई गैरआवासीय (एनआरए) को रूपमा परिचयपत्र बनाइदिन माग राख्दै आएका थिए । २ महिनाअगाडि आउँदा नेपालका कानून मन्त्री र कन्सुलर सेवाबाट समेत समाधान हुन नसकेको उनको मागलाई बर्लिनस्थित नेपाली दूतावासले पूरा गर्न सक्ने कुरै थिएन ।
त्यसो नगरिदिएबापत केही महिनाअगाडि मात्र कार्यभार सम्हाल्न पुगेका राजदूत रामकाजी खड्कालाई दिनहुँ फोन र इमेल गरेर सिंहदरबारमा बम हान्दिन्छु भन्न थालिएको छ ।
यसरी राजदूतलाई धम्क्याइरहने व्यक्ति हुन्, हरि हाडा । जसको हातमा छ जर्मनको पासपोर्ट । मान्छे भुटानीका रूपमा त्यहाँ छिरेको । अहिले काभ्रेको पराजुली थरमा एनआरएन काडृ माग गर्न थालेका छन् । सिंहदरबार, त्रिपुरेश्वरका सबै सरकारी कार्यालय धाएर उक्त विषय सल्टिन नसकेपछि उनले त्यसरी दूतावासलाई धम्क्याउने गरेको बुझिन्छ । हाडाले पराजुलीको नाममा कागज बनाउन ९–१० वर्षदेखि दूतावासमा ताकेता लगाउँदै आएको बताइन्छ । सिंहदरबारमा पुटिन, मोदी, सी चिनफिङलाई भनेर एटम बम खसाल्छु भन्दै उनले राजदूत खड्कालाई इमेल लेखेको विषयले यतिबेला स्थानीय प्रहरीको टाउको दुखाएको छ ।
दिनहुँजसो थर्काइन थालेको केस ह्यारेस्मेनका रूपमा पुलिस केसमा परिणत भएको छ । हाडाको ठेगाना ह्यामवर्गमा बस्ने भनिएको छ भने उनले साथीहरूलाई आफू केही समयअघि नेपाल पुगेर हेलिकोप्टर चार्डर गरी जार खोजी हिँडेको बताउने गरेका छन् । जार भेट्दा छाडी हिँडेकी श्रीमतीलाई स्याहारिदिन आग्रहसहित उनको उद्दार गरेकोमा आभार प्रकट गरिएको समेत उनको दाबी छ ।
कन्सुलर र कानून मन्त्रीबाट पनि पार नलागेको मुद्दा सहसचिव तहको राजदूतबाट कसरी सल्टिन सक्छ ? त्यसमाथि, नेवारलाई थर नै फेरेर कसरी बाहुन बनाइदिन मिल्ला ? प्रश्न जटिल छ । आजको जनआस्था साप्ताहिकमा खबर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया