NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

टी २० विश्वकपको सेमिफाइनलमा भिड्दै न्युजिल्याण्ड र पाकिस्तान

काठमाडौं । टी २० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र पाकिस्तान भिड्दैछन् । सुपर १२ को समूह १ को शीर्ष स्थानमा रहेको न्युजिल्याण्ड र समूह २ को दोस्रो स्थानमा रहेको पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।

नेदरल्याण्डसले दक्षिण अफ्रिकालाई अप्रत्याशित रुपमा पराजित गरेपछि पाकिस्तान र बंगालादेशलाई सेमिफाइनल पुग्न भाग्य खुलेको थियो । तर पाकिस्तानले बंगलादेशलाई ५ विकेटले पराजित गरी सेमिफाइनलमा पुग्याे ।

पछिल्ला पाँच खेलमा न्युजिल्याण्डले तीनमा जित र दुईमा हार बेहोरेको छ । पाकिस्तानले पनि तीन र दुईमा हार बेहोरेको छ ।
न्युजिल्याण्डले अष्ट्रेलियालाई ८९ रन, श्रीलंकालाई ६५ रन र आयरल्याण्डलाई ३५ रनले पराजित गरेको थियो । इंग्ल्याण्डसँग भने न्युजिल्याण्ड २० २० रनले पराजित भएको थियो । वर्षाले खेल रद्द हुँदा अफगानिस्तासँगै न्युजिल्याण्डले अंक बाँडेको थियो ।

May be an image of 2 people, people standing and outdoors

पाकिस्तान भने सुपर १२ को पहिलो खेलमा भारतसँग अन्तिम बलमा चार विकेटले पराजित हुन पुगेको थियो । दोस्रो खेलमा जिम्बाब्वेसँग १ रनको अप्रत्याशित पराजय बेहोरेपछि सेमिफाइनल प्रवेशको बाटोमा पाकिस्तान धर्मराएको थियो । तर त्यसपछिका लगातार तीन खेलमा विजयी हुन पुग्यो । नेदरल्याण्डसलाई ६ विकेट, दक्षिण अफ्रिकालाई ३३ र बंगलादेशलाई ५ विकेटले हराएपछि पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको थियो ।

भारत दक्षिण अफ्रिका पराजित भएपछि भारत पनि अन्तिम खेलमा जिम्बाब्वेसँग खेल्नु अगावै सेमिफाइनल पुगेको थियो । जिम्बाब्वेलाई हराएपछि समूह विजेता हुँदै भारतले इंग्ल्याण्डसँगको भेट पक्का गरेको थियो । जिम्बाब्वेले भारतलाई हराएको भए सेमिफाइनमा पाकिस्तान र इंग्ल्याण्ड, भारत र न्युजिल्याण्ड भिड्ने थिए । तर अर्को समीकरणले अहिलेको सेमिफाइनलको प्रतिस्पर्धा पक्का भएको हो । अर्को सेमिफाइनलमा भारत र इंग्ल्याण्ड भिड्दैछन् ।

आज पाकिस्तान र अर्को खेलबाट भारतले जिते फाइनमा भारत र पाकिस्तानको भेट हुनेछ । जुन विश्वकै क्रिकेट पारखीका लागि निक्कै अपेक्षित खेल हुनेछ । किनकी भारत र पाकिस्तानबीचको क्रिकेटको प्रतिस्पर्धा विश्वमै सबैभन्दा बढी हेरिने र प्रतिस्पर्धी खेल मानिन्छ । यसै विश्वकपको सुपर १२ को खेलमा भारत अन्तिम बलमा पाकिस्तानविरुद्ध विजयी भएको थियो । आज नेपाली समय अनुसार दिउसो पौन २ बजेदेखि पाकिस्तान र न्युजिल्याण्डबीचको खेल सुरु हुनेछ ।

 

ताजा अपडेट

नेपालवाच विशेष