चुनावमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने
बागलुङ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागी कारबाही हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक सूचनामार्फत चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई अनिवार्य रुपमा खटाइएको ठाउँमा जान अनुरोध गरेको छ ।
आफू खटिएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही गरिने कार्यालयले जनाएको छ । जिल्लाभर रहेको दुई सय ३१ मतदान केन्द्रमा एक हजार आठ सय ५७ कर्मचारी र नौ सय ३० स्वयंसेवक खटिने भएका छन् ।
सङ्घतर्फ दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल एक लाख ९२ हजार दुई सय २६ मतदाता रहेका छन् । १ नं क्षेत्रमा ९६ हजार छ सय ६५ र २ नं क्षेत्रमा ९५ हजार पाँच सय ६१ मतदाता छन् ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया