विश्वकपको सेमिफाइनलमा भारतको शर्मनाक पराजय
काठमाडौं । टी २० विश्वकपको सेमिफाइनलमा भारतले इंग्ल्यान्डविरुद्ध शर्मनाक पराजय बेहारेको छ ।
पहिले ब्याटिङमा उत्रिएको भारतले इंग्ल्यान्डलाई १६९ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । तर इंग्ल्यान्डले कुनै पनि विकेट नगुमाई यो लक्ष्य पार गर्दै भारतलाई १० विकेटकाे शर्मनाक हार चखाएको हो ।
जितसँगै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको छ । फाइनलमा पाकिस्तान र इंग्ल्यान्ड भिड्नेछन् । एलेक्स हेल्स र जोस बटलरले इंग्ल्याण्डलाई भारतविरुद्ध सनसनीपूर्ण सानदार जित दिलाएका हुन् ।
दुवैले शानदार अर्धशतकीय पारी खेले ।
हेल्सले ४७ बलमा ८६ र बटलरले ४९ बलमा ८० रनको नटआउट पारी खेले ।
चार ओभर बाँकी हुँदै इंग्ल्यान्डले १७० रन बनाउँदै शानदार जित दर्ता गरेको हो ।
भारतका लागि विराट काेहलीले ५० र हार्दिक पाण्ड्याले ६३ रन बनाएका थिए ।
भारतीय बलरले एक विकेट पनि लिन सकेनन् ।
भुवनेश्वरले २ ओभरमा २५ रन, अर्शदीप सिंहले २ ओभरमा १५ रन, अक्षर पटेलले ४ ओभरमा ३० रन, मोहम्मद सामीले ३ ओभरमा ३९ रन, रविचन्दन आश्विनले २ ओभरमा २७ रन, हार्दिक पाण्ड्याले ३ ओभरमा ३४ रन दिए । तर कुनै पनि बलरले एक विकेट पनि लिन सकेनन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया