भारत हारेपछि विराटकी बहिनीले लेखिन् भावुक पोस्ट
एजेन्सी । टी–२० विश्वकप सेमिफाइनलमा भारतीय टोलीको हार पछि पूर्वकप्तान विराट कोहली बहिनी भावना कोहलीले भावुक पोष्ट लेखेकी छिन् ।
आफ्ना दाजु विराटका लागि एक सन्देश लेख्दै उनले विराटको प्रदर्शनको तारिफ गरेकी छिन् र टिमलाई पनि हौसला दिएकी छिन् ।
उनले लेखेकी छिन्, ‘तिमीले त्यहाँ आफूले सकेको गर्यौ र फिनिक्सजस्तै उभिएर अगाडि आयौ । तिमीमाथि धेरै–धेरै गर्व छ ।’
त्यस्तै, भावनाले क्रिकेट टिमलाई हौसला दिँदै लेखेकी छिन्, ‘हामी यस्तो समयमा टिमा अझै बढी सहयोग गर्छौं किनकी अप्ठेरो समयमा आफ्नो परिवारलाई साथ दिनुपर्छ ।’
बिहीबार भएको टी–२० विश्वकपकाे सेमीफाइनलमा इंग्ल्याण्डसँग भएको खेलमा भारत १० विकेटले हारेको थियो । यसलाई लिएर अहिले टिमको आलोचना भइरहेको छ ।
उक्त म्याचसँगै भारतको यस वर्षको टी–२० विश्वकपको यात्रा पनि समाप्त भएको छ । तर, विश्वकपमा विराटले दिएको शानदार प्रदर्शनको भने जमेर तारिफ पाइरहेका छन् ।
खराब चरणबाट फर्किएका कोह्लीको उत्कृष्ट ब्याटिङले पाकिस्तानसँगको महत्वपूर्ण खेलामा भारतलाई जित दिलायो । योसँगै उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चार हजार रन बनाउने विश्वकै पहिलो ब्याट्सम्यान पनि बनेका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया