ब्रेन्टफोर्डसँग म्यानचेस्टर सिटी स्तब्ध, पहिलोकाे आर्सनलभन्दा ५ अंकले पछि
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले स्तब्धपूर्ण पराजय बेहोरेको छ । गएराति भएका खेलका सिटीले ब्रेन्टफोर्डसँग २–१ गोलको स्तब्धपूर्ण पराजय बेहोरेको हो ।
खेलको १६ औं मिनेटमा ब्रेन्टफोर्डका लागि इभान टोनीले गोल गरेका थिए । ४५ औं मिनेटमा सिटीका लागि फिल फोडिनले बराबरी गोल गरे । तर ९० पछि थप गरिएको समयको ९८ औं मिनेटमा इभानले नै गोल गर्दा सिटी २–१ ले पराजित हुन पुग्यो ।
पछिल्ला ५ खेलमा सिटीको यो दोस्रो पराजय हो ।
पराजयसँगै सिटी पहिलो स्थानमा रहेको आर्सनलभन्दा ५ अंकले पछि परेको छ । पहिलो स्थानमा रहेको आर्सनलको ३७ अंक छ । सिटीको १४ खेलबाट ३२, १५ खेल खेलेको न्युक्यासलको ३०, १५ खेल खेलेको टोटनहमको २९ अंक छ । सिटीले अहिलेसम्म १० खेल जित्दा दुईमा बराबरी र दुईमा हार बेहोरेको छ ।
सिटीलाई हराएको ब्रेन्टफोर्ड १९ अंकसहित दशौं स्थानमा छ । १३ खेलबाट म्यानेस्टर युनाइटेडको २३ अंक छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया