टी २० विश्वकपको उपाधि इंग्ल्यान्डलाई
काठमाडौं । टी २० विश्वकपको उपाधि इंग्ल्यान्डले जितेको छ ।
पाकिस्तानले दिएको १३८ रनको लक्ष्य १९ औं ओभरमा पूरा गर्दै इंग्ल्यान्डले ५ विकेटले विश्वकपको उपाधि जितेको हो ।
इंग्ल्यान्डलाई उपाधि दिलाउन ४९ बलमा नटआउट ५२ रनको अर्धशतकीय पारी खेले । एकदिवसीय विश्वकप जिताएका स्टोक्स नै टी २० विश्वकपको पनि नायक बन्न पुगे । रन बनाउन निक्कै संघर्ष गर्नुपरेको बीचको ५ ओभरको दबाबलाई झेल्दै इंग्ल्यान्डले अन्ततः ६ बल बाँकी हुँदै ५ विकेटले विश्वकपको उपाधि पोल्टामा पारेको हो ।
इंग्ल्यान्डका लागि जस बटलरले २६, ह्यारी ब्रुकले २० र मोइन अलिले १९ रनको योगदान दिए । १३८ रनको न्यून लक्ष्य दिए पनि पाकिस्तानले एक ओभर बाँकी हुँदासम्म जितका लागि संघर्ष भने गर्यो ।
सहिन शाह अफ्रिदीले १६ ओभरको पहिलो बलमा बलिङ गरेपछि मैदान छोड्नु नै पाकिस्तानको लागि दुर्भाग्य भइदियो । उनले छोडेर इफ्तिखार अहमेद बलिङमा आएलगत्तैदेखि इंग्ल्यान्ड खेलमा फर्कियो । त्यही ओभरमा १३ र अर्को ओभरमा १६ रन खाएपछि उपाधि पाकिस्तानको हातबाट फुत्किएको हो ।
११ देखि १५ ओभरसम्म पाकिस्तानले कुनै पनि बाउन्ड्री नदिइकन ५ ओभरमा जम्मा २० रनमात्रै दिएर एक विकेट लिएको थियो । यो पाँच ओभरको किफायती बलिङले पाकिस्तानले जितको आशा देखाएको थियो । तर अफ्रिदी मैदान छोड्नुपरेपछि पाकिस्तानको उपाधि सपना पर धकेलिएको हो ।
अन्ततः मुस्किलले सेमिफाइनलमा पुगेकाे इंग्ल्यान्डले टी २० विश्वकपकाे उपाधि जितेकाे हाे ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया