टी २० विश्वकपको उपाधि इंग्ल्यान्डलाई
काठमाडौं । टी २० विश्वकपको उपाधि इंग्ल्यान्डले जितेको छ ।
पाकिस्तानले दिएको १३८ रनको लक्ष्य १९ औं ओभरमा पूरा गर्दै इंग्ल्यान्डले ५ विकेटले विश्वकपको उपाधि जितेको हो ।
इंग्ल्यान्डलाई उपाधि दिलाउन ४९ बलमा नटआउट ५२ रनको अर्धशतकीय पारी खेले । एकदिवसीय विश्वकप जिताएका स्टोक्स नै टी २० विश्वकपको पनि नायक बन्न पुगे । रन बनाउन निक्कै संघर्ष गर्नुपरेको बीचको ५ ओभरको दबाबलाई झेल्दै इंग्ल्यान्डले अन्ततः ६ बल बाँकी हुँदै ५ विकेटले विश्वकपको उपाधि पोल्टामा पारेको हो ।
इंग्ल्यान्डका लागि जस बटलरले २६, ह्यारी ब्रुकले २० र मोइन अलिले १९ रनको योगदान दिए । १३८ रनको न्यून लक्ष्य दिए पनि पाकिस्तानले एक ओभर बाँकी हुँदासम्म जितका लागि संघर्ष भने गर्यो ।
सहिन शाह अफ्रिदीले १६ ओभरको पहिलो बलमा बलिङ गरेपछि मैदान छोड्नु नै पाकिस्तानको लागि दुर्भाग्य भइदियो । उनले छोडेर इफ्तिखार अहमेद बलिङमा आएलगत्तैदेखि इंग्ल्यान्ड खेलमा फर्कियो । त्यही ओभरमा १३ र अर्को ओभरमा १६ रन खाएपछि उपाधि पाकिस्तानको हातबाट फुत्किएको हो ।
११ देखि १५ ओभरसम्म पाकिस्तानले कुनै पनि बाउन्ड्री नदिइकन ५ ओभरमा जम्मा २० रनमात्रै दिएर एक विकेट लिएको थियो । यो पाँच ओभरको किफायती बलिङले पाकिस्तानले जितको आशा देखाएको थियो । तर अफ्रिदी मैदान छोड्नुपरेपछि पाकिस्तानको उपाधि सपना पर धकेलिएको हो ।
अन्ततः मुस्किलले सेमिफाइनलमा पुगेकाे इंग्ल्यान्डले टी २० विश्वकपकाे उपाधि जितेकाे हाे ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया