फुलहममाथि युनाइटेडको कठिन जित
काठमाडौं । म्यानचेस्टर युनाइटेडले फुलहममाथि कठिन जित हात पारेको छ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा युनाइटेडले फुलहमलाई २–१ गोल अन्तरमा पराजित गरेको हो ।
क्रिष्टियन एरिक्सनले १४ औं मिनेटमा पहिलो गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए । ६१ औं मिनेटमा डानिल जेम्सले फुलहमका लागि गोल गरेपछि खेल बराबरीमा आयो ।
खेलको इन्जुरी समयमा एलेजान्ड्रो गर्नाचोले निर्णायक गोल गर्दै युनाइटेडलाई जित दिलाए ।
योसँगै युनाइटेड १४ खेलबाट २४ अंक बटुलेर पाँचौं स्थानमा रहन सफल भएको छ । फुलहम भने नवौं स्थानमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया