दिल्लीमा बिएम–३ र बिएम–४ गाडीमाथि लागेको प्रतिबन्ध फुकुवा
काठमाडौं (एजेन्सी) । बिएम–३ र बिएम–४ गाडी सञ्चालनमा लगाइएको यसअघिको प्रतिबन्ध दिल्ली सरकारले फुकुवा गरेको छ ।
वायु प्रदूषण गम्भीर स्तरमा पुगेपछि केन्द्रीय वायु गुणस्तर आयोगको निर्देशनमा यस्ता सवारी साधन चलाउन प्रतिबन्ध लगाइएको थियो। प्रतिबन्धलगत्तै ट्याक्सी युनियनले सरकारसँग आफूहरूमा मारमा परेको भन्दै फिर्ता लिन माग गर्दै आएको थियो ।
विरोधमा बावजुद आफ्नो निर्णयमा पुनर्विचार नगरेको सरकारले वायु प्रदूषणमा केही सुधार आएसँगै प्रतिबन्ध हटाएको त्यहाँका सञ्चारमाध्यमले लेखेका छन् ।
दिल्लीमा दर्ता भएका यस्ता गाडीको संख्या पाँच लाख छ । योसँगै यस्ता गाडीका मालिकलाई राहत पुगेको अमर उजालाले लेखेको छ ।
दिल्ली सरकारका एक अधिकारीका अनुसार सोमबारदेखि बीएम–३ पेट्रोल र बिएम–४ डिजेलका गाडी सडकमा गुड्नेछन् ।
दिल्लीमा वायु प्रदूषणको स्तर अझै चिन्ताजनक छ। सोमबार बिहान दिल्लीको आनन्द विहार क्षेत्रमा पीएम २.५ लेभल ३७३ रेकर्ड गरिएको छ।
भारतीय कृषि अनुसन्धान संस्थानका अनुसार पराल जलाउने सबैभन्दा बढी घटना पञ्जाबमा रहेको छ। पछिल्लो २४ घण्टामा पञ्जाबमा २१७५ स्थानमा पराल जलाउने घटना दर्ता भएको छ । तर, हरियाणामा १३२ स्थानमा, उत्तर प्रदेशमा १०२, मध्य प्रदेशमा ७७३ र राजस्थानमा ६३ स्थानमा पराल जलाउने घटना दर्ता भएको छ।
दिल्लीमा एकातिर पराल जलिरहेको र अर्कोतिर उत्तर–पश्चिम दिशाबाट हावा पनि चलिरहेको मौसमविद्ले बताएका छन् । यद्यपि, स्थानीय रूपमा विद्यमान अनुकूल मौसम अवस्थाका कारण दिल्लीमा हावाको गुणस्तर खासै बिग्रिएको छैन।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया