सूर्या र ज्योति लाइफको साधारणसभा आज, मर्जर प्रस्ताव पारित गर्दै

काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आज छुट्ट-छुट्टै साधारणसभा गर्दैछन् । सूर्या लाइफले होटल हैरिसन प्यालेसमा विराटनगरमा र ज्योति लाइफले वाटरप्रुफ लेकसाइड,पोखरामा गर्दैछन् ।
साधारणसभावमा यी दुबै कम्पनीबीच मर्जरसम्बन्धी प्रस्ताव पारित हुने छ । सूर्या र ज्योति एक बराबर ०.८२.४५ को अनुपातमा गाभ्ने गाभिने भएको हो ।
सूर्या लाइफ र ज्योति लाइफ मर्जरमा जानेसम्बन्धी यसअघि नै सहमति भइसकेको छ । मर्जरपछि बन्ने कम्पनीको नाम ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’ रहनेछ ।
मर्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ भने सूर्याका सिइओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुने कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया