डेब्यु खेलमै नेपालका अर्जुनको अर्धशतक

काठमाडौं । युएईविरुद्धको पहिलो एकदिवसीय खेलमा अर्जुन साउदले डेब्युमै अर्धशतक प्रहार गरेका छन् ।
साउदले ७७ बल खेल्दै ५ चौकाको मद्दतमा ५० रन पूरा गरेका हुन् । उनले थप दुई बलमा एक जोड्दा ५१ रनमा विकेट गुमाए ।
यस अघि कुशल मल्ल र ज्ञानेन्द्र मल्लले पनि डेब्यु खेलमै अर्धशतक प्रहार गरेका थिए ।
नेपाल पराजयतर्फ
नेपालले २६४ रनको विशाल लक्ष्य पछ्याए पनि सुस्त खेलिरहेको छ । पछिल्लोपटक अर्जुन नेपालको पाँचौं विकेटका रुपमा आउट भएका हुन् ।
३४ ओभरमा ११९ रन जोड्दा नेपालले ६ विकेट गुमाइसकेको छ । अझै जितका लागि नेपाललाई १६ ओभरमा १४६ रन आवश्यक छ ।
प्रतिक्रिया