डेब्यु खेलमै नेपालका अर्जुनको अर्धशतक
काठमाडौं । युएईविरुद्धको पहिलो एकदिवसीय खेलमा अर्जुन साउदले डेब्युमै अर्धशतक प्रहार गरेका छन् ।
साउदले ७७ बल खेल्दै ५ चौकाको मद्दतमा ५० रन पूरा गरेका हुन् । उनले थप दुई बलमा एक जोड्दा ५१ रनमा विकेट गुमाए ।
यस अघि कुशल मल्ल र ज्ञानेन्द्र मल्लले पनि डेब्यु खेलमै अर्धशतक प्रहार गरेका थिए ।
नेपाल पराजयतर्फ
नेपालले २६४ रनको विशाल लक्ष्य पछ्याए पनि सुस्त खेलिरहेको छ । पछिल्लोपटक अर्जुन नेपालको पाँचौं विकेटका रुपमा आउट भएका हुन् ।
३४ ओभरमा ११९ रन जोड्दा नेपालले ६ विकेट गुमाइसकेको छ । अझै जितका लागि नेपाललाई १६ ओभरमा १४६ रन आवश्यक छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया