नेपाल लाइफको पहिलो त्रैमासिक विवरण सार्वजनिक, नाफा २५ गुणाले बढ्यो
काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष ७९/८० को पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
वित्तिय विवरणअनुसार नेपाल लाइफले पहिलो तीन महिनामामा १७ करोड ५७ लाख खुद मुनाफा कमाएको छ । जुन रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३९८.२२ प्रतिशले वृद्धि हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७० लाख ३३ हजार मुनाफा कमाएको थियो ।
कम्पनीले पहिलो त्रैमासमा १० अर्ब ५ करोड ३ लाख बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १.४३ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको सोही अवधिमा कम्पनीको बीमा शुल्क ९ अर्ब ९० करोड ९० लाख थियो ।
पहिलो तीन महिनामा कम्पनीको चुक्ता पूँजी १४ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा कम्पनीको चुक्तापुँजी ८ अर्ब ३० करोड ७९ लाख पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको चुक्तापुँजी ७ अर्ब १९ करोड ९९ लाख थियो ।
कम्पनीको जगेडा कोषमा १ अर्ब ९९ करोड १८ लाख पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलानमा १२९.४ प्रतिशतले वृद्दि हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ८६ करोड ९६ लाख थियो ।
कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ४२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १ खर्ब १८ अर्ब ७५ करोड ९४ लाख थियो ।
कम्पनीको प्रति शेयर आम्दानी ८ दशमलव ५६ रुपैयाँ रहको छ । त्यस्तै प्रति शेयर नेट्वर्थ १३४ रुपैयाँ ३९ पैसा छ ।
पहिलो त्रैमासमा कम्पनीले ३ अर्ब ९६ करोड कुल दावी भुक्तानी गरेको छ । कम्पनीले १ अर्ब ३२ करोड दावी भुक्तानी गर्न बाँकी छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया