वैदेशिक रोजगार विभागका सुब्बा घुससहित नियन्त्रणमा
काठमाडौं । वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डे घुससहित पक्राउ परेका छन् । ३१ वर्षिय पाण्डेलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले ३० हजार घुससहित नियन्त्रणमा लिएको हो ।
योसँगै उनीबाट स्रोत खुल्न नसकेको ३२ हजार ५५ रूपैयाँ पनि बरमाद गरिएको छ ।
उनले सेवाग्राहीको रोक्का भएको बैंक खाता सुचारू गरिदिने बहानामा ३० हजार रूपैयाँ घुस माग गरेका थिए । सोही सूचनाका आधारमा आयोगको टोलीले पाण्डेलाई कार्यालय बाहिर सडकमा घुस लिएको पाएको हो ।
कार्यालयमा पुगेर खानतलासी गर्दा पाण्डेबाट स्रोत नखुलेको थप ३२ हजार ५५ रूपैयाँ र कउष्ण प्रसाद पाण्डेको एभरेष्ट बैंक हेटौडा शाखाको खाली एक थान चेक पनि फेला परेका आयोगले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया