देशभर तापक्रम घट्यो, प्रदेश १ र गण्डकीका हिमाली भेगमा हिमपात
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तापक्रम क्रमिकरूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले एक विशेष बुलेटिन निकालेर देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावनासमेत देखिएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।
केही दिनयताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने बताइएको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम नौ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव छ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३० दशमलव दुई डिग्री सेल्सियस मापन गरिएको छ ।
हाल देशको प्रदेश नं १, बागमती र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । रातिको समयमा प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया