‘नागरिकताको विषय पहिल्यै समाधान भइसक्यो, उजुरी पर्नु ठूलो कुरा होइन’

काठमाडौं । चितवन २ बाट प्रतिनिधि सभा उम्मेदवार रवि लामिछानेले आफूविरूद्ध परेको उजुरीबारे स्पष्टिकरण दिएका छन् । अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता नत्यागेको भन्दै उनीविरूद्ध मंगलबार परेको उजुरीबारे लामिछानेले जवाफ दिएका हुन् ।
आज विहान फेसबुक लाइभमार्फत उनले नागरिकताको विषय यसअघि नै समाधान भइसकेको हुँदा उजुरी पर्नु कुनै ठूलो कुरा नभएको उनले बताए । चार वर्ष अघि नै औपचारिक रूपमा पैसा तिरेर र निवेदन लेखेरै अमेरिकी पासपोर्ट त्यागेको उनको प्रष्टोक्ति छ ।
‘सन् २०१८ मै मैले अमेरिकी नागरिकता र पासपोर्ट त्यागेको हुँ । यो कुनै नौलो विषय होइन । चुनावको मुखमा आएर कसैलाई नौलो लागेको हुन सक्छ,’ उनले भने, ‘हामीलाई यही विषयलाई लिएर निरन्तर डिजिटल आक्रमण भइरहेका छन् । तर, म यसबाट विचलित छैन । तपाईंहरू पनि नहुनुहोस् ।’
उनका अनुसार हालसम्म आयोगले उनलाई पत्र पठाएको छैन । आयोगको पत्र पाएपछि त्यसको उचित जवाफ दिने उनले बताए ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया