‘नागरिकताको विषय पहिल्यै समाधान भइसक्यो, उजुरी पर्नु ठूलो कुरा होइन’
काठमाडौं । चितवन २ बाट प्रतिनिधि सभा उम्मेदवार रवि लामिछानेले आफूविरूद्ध परेको उजुरीबारे स्पष्टिकरण दिएका छन् । अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता नत्यागेको भन्दै उनीविरूद्ध मंगलबार परेको उजुरीबारे लामिछानेले जवाफ दिएका हुन् ।
आज विहान फेसबुक लाइभमार्फत उनले नागरिकताको विषय यसअघि नै समाधान भइसकेको हुँदा उजुरी पर्नु कुनै ठूलो कुरा नभएको उनले बताए । चार वर्ष अघि नै औपचारिक रूपमा पैसा तिरेर र निवेदन लेखेरै अमेरिकी पासपोर्ट त्यागेको उनको प्रष्टोक्ति छ ।
‘सन् २०१८ मै मैले अमेरिकी नागरिकता र पासपोर्ट त्यागेको हुँ । यो कुनै नौलो विषय होइन । चुनावको मुखमा आएर कसैलाई नौलो लागेको हुन सक्छ,’ उनले भने, ‘हामीलाई यही विषयलाई लिएर निरन्तर डिजिटल आक्रमण भइरहेका छन् । तर, म यसबाट विचलित छैन । तपाईंहरू पनि नहुनुहोस् ।’
उनका अनुसार हालसम्म आयोगले उनलाई पत्र पठाएको छैन । आयोगको पत्र पाएपछि त्यसको उचित जवाफ दिने उनले बताए ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया