पोल्याण्डमा रुसी क्षेप्यास्त्र खसेपछि जी–७ राष्ट्र प्रमुखको आपतकालीन बैठक
काठमाडौं । इन्डोनेसियामा जारी जी २० बैठकको आज अन्तिम दिन हो। यही बैठक चलिरहँदा जी ७ देशका नेताहरू पोल्याण्डमा खसेको रुसी मिसाइलबारे छलफल गर्न बैठकमा जुटेका छन् ।
बिबिसीले जी २० को बैठक जारी रहँदा जी ७ सम्बद्ध अमेरिका, इटाली, जर्मन, फ्रान्स, बेलायत, जापान, स्पेन र नेदरल्याण्डका जनेताहरूको बैठक बसेको लेखेको छ ।
समाचार अनुसार बैठकमा युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपियन युनियनका आयुक्त पनि सहभागी छन् ।।
पोल्याण्ड नेटो सैन्य गठबन्धनको एक सदस्य राष्ट्र हो । नेटो सम्बद्ध राष्ट्रमाथि गरिने आक्रमणलाई नेटोमाथिकै आक्रमणका रूपमा लिने गरिएको छ ।
यो हमलापछि सबैको नजर पोल्याण्डमा नेटो सेना आउने हो कि होइन भन्नेमा परेको छ ।
बीबीसी संवाददाता क्रिस मेसनका अनुसार पोल्याण्डमा भएको घटनापछि जी–२० का सबै देशका योजनाहरु ध्वस्त भएको देखिन्छ ।
पश्चिमी देशका नेताहरू आफ्ना रक्षा र परराष्ट्रमन्त्रीहरूसँग कुराकानी गर्न र पोल्याण्डसँग सम्पर्क गर्न व्यस्त छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री ऋषि सुनक पोल्याण्डसँग संवादमा जुटेका छन् ।
बिबिसीका अनुसार, बाइडेनले नेटो प्रमुख जेन्स स्टोल्टनबर्गसँग पनि वार्ता गरेका छन्।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया