NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

गगन थापाको भिडियो सन्देश : प्रदीप पौडेललाई मत दिनेले एक दिन र एक क्षण पनि पश्चाताप मान्नुपर्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले काठमाडौं–५ का उम्मेदवार प्रदीप पौडेललाई मतदान गर्न आग्रह गरेका छन्। पौडेललाई मत दिने मतदाताले एक दिन र एक क्षण पनि पश्चाताप मान्नु नपर्ने थापाको भनाई छ ।

बुधबार अपरान्ह भिडिओ सन्देशमार्फत् थापाले काठमाडौं–५ का मतदातासँग कांग्रेस उम्मेदवार पौडेललाई मतदान गर्न आग्रह गरेका हुन् ।
उम्मेदवार पौडेलले सामाजिक सञ्जाल फेसबुकमा महामन्त्री थापाको भिडिओ सन्देश सार्वजनिक गरेका छन्।

सन्देशमा थापाले पौडेललाई २०४६ सालको जनआन्दोलनका क्रममा भेटेदेखि आजका दिनसम्म बाक्लो सम्बन्ध रहेको जिकिर गर्दै ३० वर्षदेखि आफूहरुका बीचमा सहकार्य हुँदै आएको बताएका छन्।

‘तपाईंले प्रदीप पौडेललाई यो क्षेत्रबाट निर्वाचित गराउँदै गर्दा मैले गलत व्यक्तिलाई निर्वाचित गराएछु भनेर एक जना मतदाता एकदिन एकक्षण पनि पश्चाताप मान्नु पर्दैन,’ महामन्त्री थापाले काठमाडौं–५ का मतदातालाई भनेका छन्।

ताजा अपडेट

नेपालवाच विशेष