मतदान अधिकृतले नै एमालेलाई भोट मागेपछि…
म्याग्दी । एमाले उम्मेदवारलाई मत माग्ने मतदान अधिकृत जिम्मेवारीमुक्त भएका छन् ।
धौलागिरि गाउँपालिका–५, मलम्पारको महेन्द्र आधारभूत विद्यालयका मतदान अधिकृत नवीन कार्कीलाई आचारसंहिताविपरीत कार्य गरेको भन्दै जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्कीले बिहीबार बिहान एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई मतदान गरेर जिताउन अपिल गरिएको डिजिटल पोस्टर आफ्नो फेसबुक पेजमा सेयर गरेका थिए । कार्कीको फेसबुकको स्क्रिम सटसहिट माओवादीका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतको कार्यालयअन्तर्गतको जिल्ला आचारसंहिता अनुगमन समितिमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा कार्कीलाई कार्यालयले लिखित स्पष्टीकरण मागेको थियो ।
कार्कीले भुलवश सेयर, लाइक गरेको र तत्काल हटाएको स्वीकार गरेका थिए । आचारसंहिता अनुगमन समितिको बैठकबाट कार्कीलाई मतदान अधिकृतबाट जिम्मेवारीमुक्त गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए । कार्कीलाई हटाएपछि सोही केन्द्रका सहायक मतदान अधिकृत विष्णु पौडेललाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया