चुनावका लागि कुन–कुन देशबाट आए विदेशी पाहुना ?
काठमाडौं । आगामी आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अनुगमन तथा पर्यवेक्षण गर्न विभिन्न देशका अधिकारीहरू नेपाल आइपुगेका छन् । केही आउने क्रममा छन् ।
निर्वाचन आयोगले विभिन्न देशका निर्वाचन आयोगका अधिकारीलाई निर्वाचनको पर्यवेक्षण र अनुगमन गरिदिन अनुरोध गरेको थियो । आयोगको यही आग्रह अनुसार केही विदेशी पाहुना आइसकेका छन् भने केही आउने क्रममा छन् ।
माल्दिभ्सको निर्वाचन आयोगका अध्यक्ष फुवाद तौफिक र दक्षिण कोरियाका निर्वाचन आायुक्त काङ सियोग बे आइसकेका छन् । तौफिक बिहीबार दिउँसो र बे राति काठमाडौं ओर्लिएका हुन् ।
उनीहरूलाई निर्वाचन आयोगका अधिकारीले त्रिभुवन विमानस्थल पुगेर स्वागत गरेका थिए ।
आयोगले भारतका प्रमुख निर्वाचन आयुक्त राजीव कुमार र भुटानका प्रमुख आयुक्त सोनम तोप्गेलाई पनि निर्वाचनको अनुगमन तथा पर्यवेक्षणका लागि आइदिन आग्रह गरेको छ । उनीहरू भने शुक्रबार मात्रै काठमाडौं आइपुग्ने आयोगले जनाएको छ । त्यसैगरी, बंगलादेशका प्रमुख निर्वाचन आयुक्त काजी कबिबुल अवल शनिबार आउँदैछन् । श्रीलंकाबाट निर्वाचन आयुक्त आउने तय भए पनि अन्तिम रद्द गरिएको छ ।
निर्वाचनमा जापानका विदेश राज्यमन्त्री ताकेई सुनसुके नेतृत्वको पाँच सदस्यीय टोली पनि नेपाल आउने कार्यक्रम छ । आयोगका अनुसार, यो टोली भने निर्वाचनको दिन मात्रै आइपुग्ने छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया