जुम्लामा दुई अस्थायी मतदान केन्द्र
जुम्ला । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जुम्लामा थप दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।
कारागारका कैदीबन्दी र राष्ट्रसेवक कर्मचारीका लागि मतदान गराउनका लागि जिल्लामा साल्ट टे«डिङ कर्पोरेशन शाखा कार्यालय जुम्ला र जिल्ला कारागार कार्यालयमा एक, एक वटा अस्थायी मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रसेवक र अन्य मतदातालाई मतदानमा सरिक गराउने नीतिअनुरूप अस्थायी मतदान केन्द्र राखिएको उक्त कार्यालयले जनाएको छ ।
मतदाता सूचीमा नाम दर्ता भएका १४ कैदीबन्दीले मात्र मतदान गर्न पाउने भएका छन् । जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारीसहित एक हजार मतपत्र समानुपातिकतर्फ आएको छ ।
जिल्लामा एक सय छ मतदान केन्द्र, ८३ वटा मतदानस्थल र दुई वटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि एकमात्र क्षेत्र रहेको जुम्लामा ६८ हजार छ सय ३८ मतदाता छन् । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ ९१० मा ३६ हजार सात सय ८३ र प्रदेशसभा ९२० मा ३१ हजार छ सय ३८ मतदाता रहेको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया