शेख र मल्लले अर्धशतक बनाएपछि नेपाल बलियो स्थितिमा
काठमाडौं । यूएईविरुद्ध १७७ रन पछ्याएको नेपाल सहज अवस्थामा देखिएको छ । आशिफ शेख र ज्ञानेन्द्र मल्लको अर्धशतीय इनिङका कारण नेपाल बलियो अवस्थामा देखिएको हो ।
१७७ रन पछ्याउने क्रममा नेपालले ३१ ओभरमा १३० रन कटाइसकेको छ । मल्लले ५८ र शेखले ६१ रन बनाइसकेका छन् ।
नेपाललाई जितका लागि १११ बलमा ४४ रन मात्रै चाहिएको छ । नेपालसँग अझै ९ विकेट बाँकी छ ।
ओपनर अर्जुन साउद ९ रनमा आउट भएपछि शेख र मल्लको जोडी जमेको हो । उनीहरूले एक सय बढी रनको साझेदारी गरिसकेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया