काठमाडौंमा ५ हजार ७७९ सुरक्षाकर्मी परिचालन
काठमाडाैं । मुलुकको संघीय राजधानी काठमाडौँमा निर्वाचनका लागि पाँच हजार ७७९ सुरक्षाकर्मी परिचालन गरिएको छ । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित र शान्तपूर्णरुपमा सम्पन्न गर्न पाँच हजार सात सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको हो । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरू भइसकेको छ । निर्वाचन शान्तपूर्णरुपमा सम्पन्न गर्न संवेदनशील मतदानस्थलमा केन्द्रीय सुरक्षा नीतिअनुसार प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले निर्वाचनलाई शान्तपूर्णरुपमा सम्पन्न गर्न काठमाडौँका तीन सय २० मतदानस्थल र सातसय ५७ मतदान केन्द्रमा दुई हजार पाँच सय नेपाल प्रहरी र तीन हजार दुई सय ७९ म्यादी प्रहरी परिचालन गरिएको राससलाई जानकारी दिए ।
काठमाडौँको क्षेत्र नं १ मा नेपाल प्रहरी एक सय ११, म्यादी प्रहरी दुई सय १८, क्षेत्र नं २ मा नेपाल प्रहरी दुई सय १७, म्यादी प्रहरी चार सय एक, क्षेत्र नं ३ मा नेपाल प्रहरी एक सय ६४, म्यादी प्रहरी दुई सय ९०, क्षेत्र नं ४ मा नेपाल प्रहरी एक सय ८१, म्यादी प्रहरी तीन सय ३९, क्षेत्र नं ५ मा नेपाल प्रहरी एक सय ७८ र म्यादी प्रहरी तीन सय २९ परिचालन गरिएको छ ।
यस्तै क्षेत्र नं ६ मा नेपाल प्रहरी एक सय ६९, म्यादी प्रहरी तीन सय १७, क्षेत्र नं ७ मा नेपाल प्रहरी एक सय ५९, म्यादी प्रहरी दुई सय ९३, क्षेत्र नं ८ मा नेपाल प्रहरी एक सय ३८, म्यादी प्रहरी दुई सय ४४, क्षेत्र नं ९ मा नेपाल प्रहरी एक सय ९२, म्यादी प्रहरी तीन सय ५३ र क्षेत्र नं १० मा नेपाल प्रहरी दुई सय २६ र म्यादी प्रहरी चार सय २० परिचालन गरिएको प्रवक्ता मैनालीले बताए ।
यसका साथै नेपाल प्रहरीले काठमाडौँमा निर्वाचनलाई मध्यनजर गर्दै मोबाइल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, आचारसंहिता उल्लङ्घन अनुगमन, नाकामा सुरक्षा जाँच गर्दै आएको छ । निर्वाचनको मिति नजिकिएसँगै नेपाल प्रहरीले रात्रिकालीन सुरक्षा जाँचलाई समेत कडाइ गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया