अमेरिका र युरोपियन देशलाई चीनको चेतावनी, ‘रुस–युक्रेन युद्धमा कसैलाई नउक्साउनू’
एजेन्सी । चीनले रुस र यूक्रेन युद्धलाई धेरै नभड्काउन युरोप अमेरिकासहित विश्व समुदायलाई आग्रह गरेको छ ।
चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसंगको टेलिफोन वार्ताका क्रममा युद्धले यूक्रेनलाई सङ्कटमा धकेलेको भन्दै युद्धलाई थप बल दिने कुनै पनि गतिविधि गर्नु गलत हुने बताए ।
चिनियाँ दैनिक ग्लोबल टाइम्सका अनुसार विदेशमन्त्री यीले आफूहरु रुस र युक्रेनबीच सिधा वार्ताको पक्षमा रहेको भन्दै संवादबाट मात्रै समस्या समाधान हुने प्रष्ट पारे । रुसको निकट सहयोगीका रुपमा रहँदै आएको चीनले यूक्रेनमाथि रुसी आक्रमणबारे ओपचारिक रूपमा पक्ष वा विपक्षमा कुनै प्रतिक्रिया दिएको छैन ।
चीन, भारत र संयुक्त राज्य इमिरेट्स राष्ट्रसंघमा यूक्रेन युद्धलाई लिएर भएका महत्वपूर्ण मतदानमा अनुपस्थित भएका थिए । चीन यूरोपमा युद्धको पक्षमा नरहेको भएपनि तर उसको रूससँगको सैन्य सहकार्य पनि बलियो बनाउन चाहन्छ ।
चिनियाँ विदेशमन्त्री यीले रूस र युक्रेनबीच इमान्दार वार्ता गराउन र रुसको सुरक्षा चासो सम्बोधन गर्न अमेरिका, नेटो र युरोपियन युनियनलाई आग्रह गरेको पनि ग्लोबल टाइम्सले जनाएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया