सिन्धुपाल्चोकमा १ बजेसम्म ३५ प्रतिशत मतदान

सिन्धुपाल्चोक । आज जारी मतदानका क्रममा जिल्लामा अपराह्न १ बजेसम्ममा ३५ प्रतिशत मत खसेको छ ।
प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालका अनुसार मतदान कार्य छिटपुट घटनाबाहेक शान्तिपूर्ण रहेको छ ।
जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले एक अस्थायीसहित एक सय ४६ मतदानस्थलमा मतदान सुरु भएको बताए । ती स्थलका तीन सय २१ मतदान केन्द्रमा मतदान जारी रहेको हो ।
दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा जम्मा दुई ला ६० हजार दुई सय ७३ मतदाता छन् ।
ताजा अपडेट
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
प्रतिक्रिया