ललितपुरमा ३ बजेसम्म ५२ प्रतिशत मतदान
काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज जारी मतदानमा ललितपुर जिल्लामा दिउँसो ३ बजेसम्म ५२ प्रतिशत मतदान भएको छ ।
‘दिउँसो ३ बजेसम्म दुई सय ९० वटै मतदान केन्द्रमा ५२ प्रतिशत मतदान भइसकेको छ,’ प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भने, ‘निर्धारित समयसम्म ६० प्रतिशतभन्दा बढी मतदान हुने अपेक्षा गरेका छौँ ।’
उनका अनुसार रोकिएको एउटा मतदान केन्द्रमा पनि फेरि मतदान सुरु भएको छ । वडा नं २८ को वडा कार्यालय भवन हरिसिद्धीस्थित मतदान केन्द्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र समानुपातिक मतपेटिकामा र समानुपातिकतर्फको मतपत्र प्रत्यक्षतर्फको मतपेटिकामा परेपछि विवाद भइ मतदान रोकिएको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया