हुम्लामा हेलिकप्टरमार्फत मतपेटिका संकलन गरिँदै
हुम्ला । हिमाली जिल्ला हुम्लामा मतपेटिका संकलन गर्न नेपाली सेनाको हेलिकप्टर सिमकोट आइपुगेको छ । सदरमुकामभन्दा टाढा रहेका मतदान केन्द्रबाट मतपेटिका ल्याउन असहज भएपछि हेलिकप्टर आइपुगेको हो ।
यस्तै उत्तरी नाम्खा गाउँपालिकाको तील, जाङ, हल्जिका मतदान केन्द्रबाट मतपेटिका ल्याइने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लिमिको यी तीन मतदान केन्द्रमा यसअघि हेलिकप्टरबाट मतपेटिका, कर्मचारी, सुरक्षाकर्मी पु¥याइएको थियो । यारी, याल्वाङ र मुचुका मतपेटिकासमेत हेलिकप्टरबाट ओसारिने भएको हो । लिमिको बाटो ल्यालु लेखमा बाक्लो हिउँ जमेका कारण आवतजावतमा समेत कठिनाइ छ । मतपेटिका ल्याउन असहज हुने भएपछि हेलिकप्टरबाट ल्याउने भएको हो ।
यस्तै दक्षिण भेगमा रहेका मतपेटिका समेत हेलिकप्टरबाट सदरमुकाम ल्याइने भएको हो । आइतबार राति सदरमुकाम आसपासका मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय आइपुगेको बताइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया