बाँके-३ मा मतगणना सुरू
खजुरा । बाँके जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा मतगणना सुरु थालिएको हो ।
बाँके क्षेत्र नंं १ र २ को मतगणना बिहान १० बजेदेखि सुरु गर्ने सर्वदलीय सहमति भएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताए ।
प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) बाट महेश्वरजङ्ग गहतराज, नेकपा (एमाले) र राप्रपा गठबन्धनबाट एमालेबाट सूर्य ढकालबीच दुईपक्षीय प्रतिस्पर्धा हुनेछ ।
प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा जसपाबाट मोहम्मद इश्तियाक राई, एमाले राप्रपा गठबन्धनबाट डा. धवलशमशेर राणा नेपाली कांग्रेसबाट सुदीपनरसिंह राणाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिनिधिसभातर्फ क्षेत्र नं ३ मा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसबाट किशोरसिंह राठोर, नेकपा एमालेबाट किस्मतकुमार कक्षपतिबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया