स्थगन भएकामध्ये दुई स्थलमा मतदान जारी
काठमाडौं । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगित भएकामध्ये दुई मतदानस्थलमा आज मतदान भइरहेको छ ।
स्थगित भएकामध्ये नवलपरासीपूर्व जिल्लाको देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयमा आजै मतदान कार्य प्रारम्भ भएको छ भने सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पस र गुल्मी जिल्लाको कालीगण्डकी गन्या भगवती मावि अर्वेनीमा यही मङ्सिर ६ गते मतदान हुने कार्यक्रम रहेको छ ।
निर्वाचन आयोगले प्रारम्भिक सूचनामा स्थगित भएका मतदानस्थलको सङ्ख्या १५ भनिएकामा आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो अद्यावधिक जानकारीअनुसार चार वटा मतदानस्थलमा मात्र स्थगित देखिएको छ ।
स्थगित भएका १५ वटा मतदानस्थलमध्ये बाजुराका ११ वटा मतदान स्थलमा मङ्सिर ४ गते नै राजनीतिक सहमतिबाट पुनःमतदान प्रारम्भ भई मतदान सम्पन्न भएको छ ।
स्थगित भएकामध्ये बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पीपलचौर मतदान केन्द्रमा मात्रै पुनःमतदानको मिति तय हुन बाँकी रहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया