रुपन्देही– ५ को मतगणना सुरु
रुपन्देही । रुपन्देही क्षेत्र नं ५ को मतगणना सुरु गर्न थालिएको छ । गैडहवा गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक पछि ११ बजेदेखि मतपेटिका खन्याइ मतपत्र मिलाउन थालिएको हो ।
कार्यालयमा तीन ठाउँमा मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयका प्रमुख चिन्तामणि शर्माले जानकारी दिए । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका भरतकुमार शाह र एमालेका वासुदेव घिमिरेबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
प्रदेश सभामा गठबन्धनका फखरुद्धिन खान, एमालेका भूमिश्वर ढकाल, विनोद पहाडी रामचन्द्र यादवलगायत पनि प्रतिस्पर्धी छन् । एक लाख २९ हजार एक सय ३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार सात सय ३६ मत खसेको थियो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया