रुपन्देही– ५ को मतगणना सुरु

रुपन्देही । रुपन्देही क्षेत्र नं ५ को मतगणना सुरु गर्न थालिएको छ । गैडहवा गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक पछि ११ बजेदेखि मतपेटिका खन्याइ मतपत्र मिलाउन थालिएको हो ।
कार्यालयमा तीन ठाउँमा मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयका प्रमुख चिन्तामणि शर्माले जानकारी दिए । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका भरतकुमार शाह र एमालेका वासुदेव घिमिरेबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
प्रदेश सभामा गठबन्धनका फखरुद्धिन खान, एमालेका भूमिश्वर ढकाल, विनोद पहाडी रामचन्द्र यादवलगायत पनि प्रतिस्पर्धी छन् । एक लाख २९ हजार एक सय ३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार सात सय ३६ मत खसेको थियो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया