मोरङमा मतगणना १ बजेदेखि

मोरङ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मोरङमा मतगणना आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । मोरङका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको अध्यक्षतामा आज बिहान बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो ।
बैठकले प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिकको मतगणनासँगसँगै गर्ने निर्णय गरेको छ ।
मतगणनालाई सहज बनाउन उम्मेदवार र एक÷एकजना दलकाप्रतिनिध मात्र बस्न पाउने निर्णय भएको छ भने भुलबस एकै खाले खसेका ५७ वटा मतपत्र बदर गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।
उनले मतगणना निर्वाचन आयोगको निर्देशिका बमोजिम हुने भन्दै मतगणनास्थलमा सुरक्षाको कडा प्रबन्ध मिलाएको बताए । मोरङको निर्वाचन क्षेत्र नं ४, ५ र ६ को विराटनगर महानगरपालिकाको आदर्श उच्च मावि, निर्वाचन क्षेत्र नं १ को उर्लाबारी नगरपालिका भवनमा, २ को रतुवामाई नगरपालिको विश्वनाथ मन्दिरमा र ३ को बेलबारी नगरपालिकाको भगवती माविमा मतगणना हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेकनकास्यप अधिकारीले जानकारी दिए ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया