मकवानपुरमा मतगणना सुरु
मकवानपुर । मकवानपुर जिल्लामा मतगणना सुरु भएको छ । आज बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान ११ बजेदेखि मत गन्न थाल्ने निर्णय गरे पनि झण्डै डेढ घण्टापछि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।
मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो । कूल मतदाता सङ्ख्या तीन लाख सात सय ३३ रहेको मकवानपुरमा कूल एक लाख ७८ हजार दुई सय ८२ अर्थात् ५९.३ प्रतिशत मत खसेको थियो ।
तीमध्ये हाल बागमती गाउँपालिका–४ झुरझुरेको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया